Logo

कच्चा तेलको मूल्यमा फेरि गिरावट, नेपालमा किन घट्दैन मूल्य ?

कच्चा तेलको मूल्यमा फेरि गिरावट, नेपालमा किन घट्दैन मूल्य ?



काठमाडौं । विश्वव्यापी रुपमा कच्चा तेलको मूल्यमा फेरि गिरावट आएको छ । मंगलबार पनि कच्चा तेलको मूल्य घटेको छ । यस अवधिमा ब्रेन्ट कच्चा तेलको मूल्य ०.११ प्रतिशतले घटेर प्रति ब्यारेल ८२.६४ डलरमा कारोबार भइरहेको छ ।

अर्कोतर्फ डब्ल्यूटीआई कच्चा तेलको मूल्यमा ०.०९ प्रतिशतले थोरै गिरावट आएको छ र यो प्रति ब्यारेल ७८.६९ डलरमा कारोबार भइरहेको छ । ओपेक राष्ट्रहरूले लिएको निर्णयको प्रभावले कच्चा तेलको भाउ रेकर्ड स्तरमा झरेर एकैपटक १०० डलर नजिक पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अनुरुप पेट्रोल–डिजेलको मूल्यमा तात्कालिक प्रभाव देखिने भएकाले कच्चा तेल सस्तो हुँदा उपभोक्ताले तत्काल लाभ पाउन सक्छ ।

नेपालले भारतबाट प्रसोधित इन्धन खरिद गर्ने भएकाले र भारतले नेपाललाई हरेक १५ दिनमा मूल्यसूची पठाउने हुँदा आन्तरिक बजारमा पेट्रोल–डिजेलको मूल्यमा तत्काल परिवर्तन हुँदैन् ।

नेपालमा पछिल्लो समय तीन हप्ताअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको थियो । सो समयमा इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको थियो । निगमले सो समयमा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको थियो ।

जसअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटेको थियो । हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ रहेको छ । भने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्