Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदी भने हिजोकै मूल्य बराबरमा कारोबार भईरहेको छ । नेपाली बजारमा सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो । आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्