Logo

आर्थिक सर्वेक्षण सार्वजनिक, मूल्यवृद्धि दर ९ दशमलव ७ प्रतिशतले बढ्यो

आर्थिक सर्वेक्षण सार्वजनिक, मूल्यवृद्धि दर ९ दशमलव ७ प्रतिशतले बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७२ /७३ को आर्थिक सर्वेक्षण विहीवार सार्वजनिक गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आवमा आर्थिक वृद्धिदर ० दशमलव ७७ मा सिमित रहेको छ ।

सरकारले यस बर्षको आर्थिक वृद्धिदर ९ दशमलव ५ प्रतिशत प्रक्षेपेण गरेपनि ० दशमलव ७७ मा सिमित भएको हो । सर्वेक्षण अनुसार सो अवधिमा मूल्यवृद्धि दर ९ दशमलव ७ प्रतिशतले बढेको छ ।

आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान १ दशमलव ३ प्रतिशतले बढेको छ । त्यस्तै गैरकृषि क्षेत्रको योगदान ० दशमलव ७ ले बढेको छ । चालुआवमा खाद्य तथा पेयको मूल्य ११ दशमलव ३ प्रतिशतले बढेको सर्भेक्षणले देखाएको छ । । यता गैरखाद्य तथा सेवा समुहको ८ दशमलव ६ प्रतिशतले बढेको छ ।

चालु आवमा २ अर्व ३१ अर्व ७० करोड बराबरको राजश्व संकलन भएको छ । जुन गत आवको तुलनामा १४ दशमलव ३ प्रतिशतले बढी हो । सो अवधिमा सरकारी खर्च २ खर्ब ६८ अर्ब १ करोड भएको छ ।

चालुआवको ८ महिनामा मुलुकको आयात भने १३ दशमलव ९ प्रतिशतले घटेको छ । आयात घटेर ४ खर्ब ३५ अर्ब ८० करोडमा सिमित भएको हो । आयात घट्दा नेपालको ब्यापार घाटा ३ खर्ब ९३ अर्ब सात करोड रुपैयाँमा सिमित भएको छ । आठ महिनाको अवधिमा ४ खर्ब २७ अर्ब २७ करोड रेमिट्यान्स देशमा भित्रिएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्