Logo

आर्थिक सर्वेक्षण आज संसदमा पेस गरिदै, बजेट जेठ १५ गते प्रस्तुत गरिने

आर्थिक सर्वेक्षण आज संसदमा पेस गरिदै, बजेट जेठ १५ गते प्रस्तुत गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार सरकारले मुलुकको समग्र आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण ल्याउदैछ । चालु आर्थिक वर्ष २०७२र७३ को मूल्यांकनसहितको आर्थिक सर्वेक्षण आज संसदमा पेस गर्न लागेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका (संसद्को आजको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ । सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए तथा कस्ता कस्ता चुनौती सामना गर्नुप¥योलगायत समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।

नेपालको संविधानमा व्यवस्था भएअनुरूप सरकारले आगामी आवको बजेट यही जेठ १५ गते प्रस्तुत गर्नेछ । सरकारले चालु आवमा ० दशमलव ७७ प्रतिशतको आर्थिक बृद्धि रहने अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्