Logo

तनहुँ-१ अपडेट : साढे २५ हजार मत गनिसक्दा स्वर्णिम वाग्लेलाई पाँच हजारको अग्रता कायमै

तनहुँ-१ अपडेट : साढे २५ हजार मत गनिसक्दा स्वर्णिम वाग्लेलाई पाँच हजारको अग्रता कायमै



काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ७ हजार ६४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २१९ मत प्राप्त गरेका छन् । अहिलेसम्म २५ हजार ३६८ मत गणना भएको छ ।

कुल ४२ वडा रेहको यस क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL