Logo

लुम्बिनीमा ढल्यो एमाले नेतृत्वको सरकार, मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

लुम्बिनीमा ढल्यो एमाले नेतृत्वको सरकार, मुख्यमन्त्रीले विश्वासको मत पाएनन्



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभाबाट विश्वासको मत गुमाएका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री लिला गिरीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३३ मत परेको थियो भने विपक्षमा ५३ मत परेको थियो । ८७ सदस्यीय प्रदेश सभामा ८६ सदस्य मतदानमा सहभागी भएका थिए ।

मुख्यमन्त्री गिरीले आवश्यक मत नपाएपछि एमालेका नेता गिरी नेतृत्वको सरकार स्वत: ढलेको छ । अब प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने छ ।

सरकारमा सामेल दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिएका हुन् । गिरीलाई यसअघि समर्थन दिएका माओवादी केन्द्रसहितका दलहरुले केन्द्रमा समीकरण बदलिएपछि समर्थन फिर्ता लिएका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत र लोसपाका ३-३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १-१ प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमालेका गिरी नेतृत्वको सरकारमा राप्रपाले मात्र समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL