Logo

नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL