Logo

अडान महाधिवेशनको सम्पूर्ण तयारी पुरा, ३ सय ५० लेखापरीक्षक सहभागी हुने

अडान महाधिवेशनको सम्पूर्ण तयारी पुरा, ३ सय ५० लेखापरीक्षक सहभागी हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन जेठ २२ र २३ गते काठमाडौंमा हुने भएको छ । होटल ¥याडिसन काठमाडौंमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संस्थाका उपाध्यक्ष समेत रहेका प्रचार संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

महाधिवेशन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । उनका अनुसार करीव ३ सय पचास लेखापरीक्षक सहभागी हुनेछन् ।

०६३ साउन २० गते स्थापना भएको अडानले ६५ जिल्लामा नेटवर्क विस्तार गरीसकेको छ । संस्थामा देशभरका ८ हजार लेखापरीक्षक संगठित छन् । संस्थाले विशेषतः रजिष्टर्ड अडिटर्स (आरए) हरुको हितका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन र आइक्यानमा विशेषतः आरएहरुप्रतिको सबै विभेद हटाउनका लागि समेत विभिन्न लविङ गर्दै आएको बताएको छ । संस्थाले हाल लेखापरीक्षण गराउनुपर्ने निकायहरुको संख्याको तुलनामा लेखापरीक्षक जनशक्तिको संख्या पर्याप्त नभएको भन्दै एक व्यक्ति एक पेशा नीति तत्काललाई पर सार्न माग गरेको छ ।

साथै लेखापरीक्षण रकम सीमा समयानुकुल वृद्धि गर्न तथा क्षमतावान आरएलाई चार्टर्ड एकाउण्टेन्सी (सिए) प्रवेशलगायतका विषय समेटेर २२ सुत्रीय माग उठाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्