Logo

चितवन र बारामा सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने

चितवन र बारामा सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने



चितवन, । तनहुँ–१ मा मतपरिणाम सार्वजनिक भईरहदाँ बारा–२ र चितवन–२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन । चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ । आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखी नै सुरु हुने पर्ने मतगणना हुन सकेको थिएन ।

आज सर्वदलीय बैठक बोलाईएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ । सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी ९प्रजिअ०ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो । सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हो ।

यस्तै हावाहुरीलगायतको समस्याका कारण सुरू हुन नसकेको बारा–२ को मतगणना आजवाट सुरु हुने भएको छ । आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले बस्दैछ । सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL