Logo

प्रतितोला नौ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला नौ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL