Logo

प्रहरीको पनि भेटिन थाले नक्कली प्रमाणपत्र, विशेष अदालतम मुद्दा दायर

प्रहरीको पनि भेटिन थाले नक्कली प्रमाणपत्र, विशेष अदालतम मुद्दा दायर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सुधिर विक्रम शाहको नक्कली प्रमाणपत्र भेटिएको छ । प्रहरी प्रधान कार्यालय, अन्तर्गत महानगरीय प्रहरी बृत्त बौद्धमा कार्तरत शाहले शुरु नियुक्ती प्रयोजनको लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको हो ।

उनले भारतको बिहार इन्टरमिडीयट शिक्षा परिषद पटनाबाट सन् १९९५ मा प्रमाणपत्र तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्टा देखिन आएकोले अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

अख्तियारले निज शाह उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार हदैसम्मको दण्ड सजाय मागदावी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्