काठमाडौँ । आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्ति गरेको छ ।
अर्थशास्त्री डा रमेशचन्द्र पौडेल, प्राडा आरपी विछा र प्रभु बुढाथोकीलाई शुक्रबार राष्ट्रिय आयोगको सदस्य पदमा नियुक्ति दिइएको हो । नव नियुक्त आयोग सदस्य डा रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन् । उनले अस्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । यस्तै आरपी विछा र प्रभु बुढाथोकी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्ति हुन् ।
पौडेल र विछाले शुक्रबारै पदको शपथ खाइसकेका छन् भने बुढाथोकी हाल काठमाडौँ उपत्यका बाहिर रहेकाले उनले शपथ खान बाँकी छ ।
यसअघि सरकारले आयोगका उपाध्यक्षमा अर्थशास्त्री डा मीनबहादुर श्रेष्ठ तथा सदस्यमा रामकुमार फुयाँल र डा। जयकान्त राउतलाई नियुक्त गरिसकेको छ । आयोगको अध्यक्ष भने प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । तीन सदस्य थपिएसँगै आयोगले पूर्णता पाएको छ ।