Logo

सिंहदरबारको फोहर उठाउन बालेनलाई सर्वाेच्चको आदेश, यस्तो छ आदेशको पूर्ण पाठ

सिंहदरबारको फोहर उठाउन बालेनलाई सर्वाेच्चको आदेश, यस्तो छ आदेशको पूर्ण पाठ



काठमाडौं । सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारमा थुप्रिएको फोहर उठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफुलाई सहयोग नगरेको भन्दै त्यसका विरुद्ध सिंहदरबारको फोहर नै नउठाउने घोषणा गरेका थिए । चैत २४ गतेदेखि गरिएको घोषणा हालसम्म लागू भएर सिंहदरबारको फोहर उठ्न छोडेको थियो । उनका विरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमाथि फैसला गर्दै अदालतले स्वच्छ वातावरणमा जिउन पाउने सबैको हक भएकाले सकेसम्म चाँडो उक्त फोहर उठाउन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्