Logo

२४ घण्टामा १०६ जनामा देखियो कोरोना संक्रमण, एक जनाको मृत्यु

२४ घण्टामा १०६ जनामा देखियो कोरोना संक्रमण, एक जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८ सय ८३ नमुनामध्‍ये ५ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३ सय २ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आजै थप एक जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्