Logo

नेपालमा दर्ता भयो गुगल, आयो करको दायरामा

नेपालमा दर्ता भयो गुगल, आयो करको दायरामा



काठमाडौं । अमेरिकम वहुराष्ट्रिय प्रविधि कम्पनी गुगल नेपालमा दर्ता भएको छ । यसअघि बिनादर्ता संचालन भईरहेको गुगल अब भने आम्दानीमा कर तिर्नेगरी नेपालमा दर्ता भएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९र८० को बजेटमै गुगल, फेसबुकलगायत टेक कम्पनीहरुलाई नेपालमा करको दायरामा ल्याईने उल्लेख थियो ।

सोही अनुसार विद्युतीय सेवा कर तिर्ने गरी गुगल ठुला करदाता कार्यालयमा दर्ता भएको अन्तरिक राजस्व विभागले जानकारी दिएको छ । गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा कर अनुसार नै कर तिर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL