Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने हिजोकै बराबर मूल्यमा कारोबार भईरहेको छ । अर्थात आज पनि चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्