Logo

प्रतितोला पाँचसय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला पाँचसय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ९ हजार ८ सय रूपैयाँ कायम भएको ले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्