Logo

जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमालेको माग

जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमालेको माग



काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाइन।नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय सच्याउन माग गरकी छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले पुरानै अवस्थामा कित्ताकाट खोल्दा जमिनको खण्डीकरण बढाउने भएकाले निर्णय सच्याउनु पर्ने बताइन् ।

‘यसले जमिनको खण्डीकरण बढाउँछ । कृषिभूमि समाप्त पार्ने बाटो खुल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ । जमिन दलालीकरण बढ्छ’, उनले बैठकमा भनिन्, ‘त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सम्माननीय समामुखमार्फत सरकराको ध्यानकर्षण गराउन चाहन्छु ।’

सरकारले मंगलबार जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । सरकारले अर्थतन्त्र चलायमान बनाउन भन्दै कित्ताकाट खुल्ला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्