Logo

९औं सगरमाथा दिवस मनाइदै, चुचुरोसम्म बाटो पुर्याउने ९ जना शेर्पालाई प्रति व्यक्ति रु.५० हजार

९औं सगरमाथा दिवस मनाइदै, चुचुरोसम्म बाटो पुर्याउने ९ जना शेर्पालाई प्रति व्यक्ति रु.५० हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९ औं अन्तरराष्ट्रिय सगरमाथा दिवश मनाउने घोषणा गरेको छ । आगामी आइतवार विभिन्न कार्यक्रम गरि सगरमाथा दिवश मनाउन लागिएको हो । मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरि सो बारे जानकारी दिइएको थियो ।

देशको पर्यटन क्रमश सुधारको पथमा अघि बढेकोले यस्तो समयमा सो कार्यक्रम उपयोगी हुने पर्यटन सचिव प्रेम राईले जानकारी दिए । भूकम्प र नाकावन्दिले थलिएको पर्यटन क्षेत्रलाई उकास्न पर्वतीय पर्यटनले धेरै राम्रो स्थान पाउने बताए ।

सो अवसरमा पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले दुइबर्षसम्म नभएको सगरमाथा आरोहण यसपटक सफल भएको बताए । यसले अन्तराष्ट्रिय समुदायमा राम्रो सन्देशका साथै नेपाल घुम्ने अवसर सृजना गराएको जानकारी दिए । सगरमाथामा परिस्थिति अनुसार सगरमाथा दिवस मनाउन एकदमै अर्थपूर्ण रहेको बताए । साथै वाहिर नकारात्मक समाचार प्रचारप्रसार भइरहदा यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश दिन सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल पर्वतारोहण समितिका अध्यक्ष आङ टिरङ शेर्पाले प्रवद्र्धनकै रुपमा सगरमाथा दिवस मनाउन लागेका प्रष्ट पारे ।

सो अवसरमा सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको बाटो बनाउने ९ शेर्पालाई पुरस्कार दिने बताइएको छ । उनीहरुलाई प्रतिक्ति रु.५० हजार दिन लागेको हो ।
नौ जना शेर्पाहरुले नौ दिन लगाएर बाटो र डोरि पुर्याएको नेपाल अध्यक्ष शेर्पाले जानकारी दिए । यो सिजनमा सगरमाथामा नेपाली र विदेशी गरी ४  सय जनाले आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्