Logo

कोरोनाका कारण एकैदिन २ जनाको मृत्यु, थप १७१ जनामा संक्रमण पुष्टि

कोरोनाका कारण एकैदिन २ जनाको मृत्यु, थप १७१ जनामा संक्रमण पुष्टि



काठमाडों । कोरोना संक्रमणका कारण मंगलबार मात्रै २ जनामो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार आज मात्रै २ जनाको मृत्यु भएको हो ।

आज थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २ हजार २ सय ९१ जनाको नमुना परिक्षण गरिएको थियो ।

त्यसमध्ये ९ सय ८० जनाको पीआर परीक्षण गर्दा १ सय ५ र १ हजार ३ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण देखिएको हो । यसरी हालसम्म कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्