Logo

सुनको मूल्य लगातार ३ दिनदेखि स्थिर, चाँदीको मूल्यमा झिनो गिरावट

सुनको मूल्य लगातार ३ दिनदेखि स्थिर, चाँदीको मूल्यमा झिनो गिरावट



काठमाडौं । यो हप्ताको ३ दिन लगातार सुनको मूल्य स्थिर छ । गत आईतबार गएको हप्ताको शुक्रबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य हालसम्म पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको सुन सोमबार र आज मंगलबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

अर्थात पछिल्लो ३ दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा घटबढ देखिएको छैन । यता चाँदीको मूल्यमा भने मंगलबार झिनो गिरावट आएको छ । सोमबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घटेर १४ सय ३५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्