Logo

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरूद्व पक्राउ पुर्जी जारी, अदालतमा भएनन् उपस्थित

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरूद्व पक्राउ पुर्जी जारी, अदालतमा भएनन् उपस्थित



काठमाडौं । १८ करोड रुपैयाँभन्दा बढीे भ्रष्टाचारको मुद्धा लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का पटकपटक ताकेता गर्दा पनि अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको छ । विशेष अदालतका न्यायाधिशहरुले सोमबार उनको नाममा पक्राउ पुर्जी जारी गरेका हुन् ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७५ मा १८ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ती आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, उक्त मुद्धाका लागि उनी अदालतमा हाजिर नभएपछि पक्राउ गरेर अदालतमा हाजिर गराउन आदेश दिईएको हो ।

प्रतिक्रिया दिनुहोस्