Logo

रवि लामिछानेका सवारी चालक घरको तीन तलबाट खसेर गम्भीर घाइते

रवि लामिछानेका सवारी चालक घरको तीन तलबाट खसेर गम्भीर घाइते



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

आइतबार राति चितवनको भरतपुर-११ स्थित एक घरको तीन तलामाथिबाट खसेर रास्वपा सभापति लामिछानेका सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(३ का ३९ वर्षीय दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।

थापा सोमबार बिहान ४ बजेतिर घरको छतबाट भुइँमा खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको र अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्