Logo

२ बर्षभीत्र तुइन विस्थापनको लक्ष्यसहित काम शुरु, ४३ ओटा पुल निर्माणको काम अघि बढ्यो

२ बर्षभीत्र तुइन विस्थापनको लक्ष्यसहित काम शुरु, ४३ ओटा पुल निर्माणको काम अघि बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी २ बर्षभीत्र तुईन विस्थापन गर्ने योजना सहित सरकार अगाढी बढेको बताइएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै योजना अनुसार काम अघि बढेको जानकारी दिएको छ ।

नेपाल सरकारले २०७२।६।२५ मा २ बर्षभित्र सबै तुईन प्रतिस्थापन गरी झोलङ्गे पुल निर्माण गर्ने कार्यक्रम सार्वजनिक गरे अनुरुप योजनाबद्ध ढंगले कार्य अघि बढेको हो ।

आर्थिक बर्ष २०७४।७५ को असोजसम्मा तुईन प्रतिस्थापन गरी निर्माण गर्न आवश्यक १ सय ५५ वटा झोलुंगे पुलको निर्माणका लागि कार्य योजना बनाई लक्ष्य अनुरुप काम अघि बढाईएको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको निर्णय पश्चात् ३ वटा झोलंगे पुलको निर्माण सम्पन्न भएको छ । त्यस्तै २०७३ चैत्र सम्ममा थप २० वटाको निर्माण सम्पन्न हुने बताइएको छ ।

अन्य ११ वटा पुल निर्माणका लागि सम्झौता भैसकेको, २० वटाको बोलपत्र आह्वान भएको र थप ९ वटा टेण्डर प्रकाशन गर्ने अन्तिम चरणमा पुगेको छ । त्यसैगरी ७२ वटाको डिपिआर निर्माणको कार्य भईरहेको छ ।

तुईन प्रतिस्थापन गरी झोलंगे पुल निर्माण कार्यका आवश्यक चरणहरु लक्ष्य अनुरुप अघि बढी रहेको बताइएको छ । सोका लागि आवश्यक बजेट पनि सुनिश्चत गरि सकिएकोले २०७४ को आश्विन सम्ममा सबै १ सय५५ वटा तुईन प्रतिस्थापन भई झोलुङ्गे पुल समेत निर्माण हुने गरी काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्