Logo

भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी नन्दा चपाईलाई, प्रधानमन्त्रीसमक्ष लिईन् शपथ

भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी नन्दा चपाईलाई, प्रधानमन्त्रीसमक्ष लिईन् शपथ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं नियुक्त भएकी छन् । एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन् ।

जिम्मेवारी पाएसँगै उनले प्रधानमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहरण पनि गरेकी छन् । आजै नेपाली कांग्रेसका एनपी साउँदले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् । उनले पनि राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL