Logo

नयाँ वर्षको पहिलो कारोबार दिन सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नयाँ वर्षको पहिलो कारोबार दिन सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको भाउ घटेको छ । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL