Logo

अधिकांश पेशाकर्मी प्यानमा जोडिएनन्, जोडिएकाले पनि आय विवरण नबुझाएको महालेखाको ठहर

अधिकांश पेशाकर्मी प्यानमा जोडिएनन्, जोडिएकाले पनि आय विवरण नबुझाएको महालेखाको ठहर



काठमाडौं । महालेखापरीक्षक कार्यालयले धेरैजसो पेशाकर्मीहरुले स्थायी लेखा नम्बर (प्यान) नलिएको ठहर गरेको छ । बिहीबार ६० औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । ‘यो बर्षसम्म ४८ लाख ३० हजार ८ सय ११ करदाता करको दायरामा आएका छन् ।

तर, चिकित्सक, ईन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षकलागत अधिकांश पेशाकर्मीहरु यसमा जोडिएका छैनन,’ प्रतिवेदनमा भनिएको छ, ‘जोडिएकाले पनि नियमित र आय विवरण दाखिला गरेको देखिँदैन ।’

सम्बद्ध निकायबीच अन्तरआवद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने कुरा प्रतिवेदनले औंल्याएको छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष प्यानमा दर्ता हुनेको संख्या १९ प्रतिशतले बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL