Logo

सिंहदरबार अर्कै पालिकामा सार्न सरकारलाई मेयर बालेनको चुनौती, भने-राजधानी नै सारेपनि आपत्ति छैन्

सिंहदरबार अर्कै पालिकामा सार्न सरकारलाई मेयर बालेनको चुनौती, भने-राजधानी नै सारेपनि आपत्ति छैन्



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सरकारलाई सिंहदरबार नै अन्यत्र सार्न चुनौती दिएका छन् । सिंहदरबारले आफूलाई सहयोग नगरेको भन्दै बालेनकै निर्देशनमा सिंहदरबारमा चार दिनयता फोहोर उठ्न नसकेको सन्दर्भमा सरकारले फोहोर उठाउने काम महानगरपालिकाकै बताएपछि बालेन थप आक्राशित बनेका हुन् ।

बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत् उनले काठमाडौंको हितमा काम गर्न अथवा सिंहदरबार अन्य पालिकामा सार्न चुनौती दिएका हुन् । “कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्,” उनले लेखेका छन्, “हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुहोस्, कि राजधानी सार्नुहोस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनिति होइन ।”

प्रतिक्रिया दिनुहोस्
MBL