Logo

वरिष्ठ उपाध्यक्षमा एसोसिएटतर्फको मतगणना सम्पन्न, संघई सबैभन्दा अगाडि

वरिष्ठ उपाध्यक्षमा एसोसिएटतर्फको मतगणना सम्पन्न, संघई सबैभन्दा अगाडि



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएटतर्फको मतगणना सम्पन्न भएको छ । कुल मतभारमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फ वरिष्ठ उपाध्यक्षका लागि कुल १ हजार ६ सय ३० मत खसेको थियो ।

त्यसमध्ये १८ मत बदर भएका छन् भने बाँकी ६ सय १३ मत रामचन्द्र संघईले मात्रै प्राप्त गरेका छन् । यस्तै अन्जन श्रेष्ठले ले ५ सय ७३ उमेशलाल प्रधानले ४ सय २६ मतभार प्राप्त गरेका हुन् ।

बुधबार साँझ ६ बजे सम्पन्न चुनावको यसअघि उपाध्यक्ष तथा सदस्यहरुको मतगणना भईसकेको छ । अब वरिष्ठ उपाध्यक्ष पदकै लागि वस्तुगत र जिल्ला नगरतर्फको मतगणना हुन बाँकी छ । कुल मतभारमा जिल्लानगरको ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL