Logo

सफोला ब्राण्डका खानेतेल नेपाली बजारमा, मुटुलाई स्वस्थ राख्न मदत गर्ने

सफोला ब्राण्डका खानेतेल नेपाली बजारमा, मुटुलाई स्वस्थ राख्न मदत गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सफोला ब्रान्डका खानेतेल नेपाली बजारमा भित्रिएको छ । सफोलाको गोल्ड, सफोला एक्टिभ, सफोला टोटल र सफोला टेष्टि नेपाली बजारमा आएको हो । ती तेलले मुटुलाई स्वस्थ राख्न सहयोग गर्ने कम्पनीको दावी छ ।

सफोला गोल्डमा मुफा र प्युफाले सन्तुलन गर्न फ्याटि एसिड रहेको हुन्छ । यसमा मल्टी सिड र न्युट्रिलक प्रविधिको प्रयोग गरिएको बताइएको छ । न्युट्रिलक प्रविधिले तेलामा प्राकृतिक गुणको संरक्षण गर्छ । साथै यसमा ओरिज्यानोल जस्तो एण्टि–अक्सिडेण्ट पाइन्छ । ओरिज्यानोले कोलस्ट्रोल घटाउन मद्दत गर्दछ ।

सफोला गोल्ड ८० प्रतिशत राईस ब्रान आयल र २० प्रतिशत आयातित प्रशोधित सनफ्ल्वार आयलको मिश्रणबाट बनेको बताइएको छ ।

त्यसैगरी सफोला एक्टिभ फ्याटि एसिडको सन्तुलनका साथ ओमेगा ३ को अतिरिक्त फाइदा प्रदान गर्छ । ओमेगा ३ फ्याटि एसिड विभिन्न स्वास्थ फाइदाहरुसंग सम्बन्धित छ । यसमा एण्टि–अक्सिडेण्ट जस्तै ओरिज्यानोल र भिटमिन इ पनि पाइन्छ । सफोला एक्टिभ ८० प्रतिशत राईस ब्रान आयल र २० प्रतिशत सोयाविन आयलको अद्भुत मिश्रणबाट बनेको छ ।

सफोला टेष्टिले ओमेगा ६ फ्याटि एसिड फाइदा प्रदान गर्छ । ओमेगा ६ फ्याटि एसिडलाई महत्वपूर्णको रुपमा लिइन्छ । जुन हाम्रो स्वास्थको लागि आवश्यक हुन्छ, जसलाई शरीरले आफैं पैदा गर्न सक्दैन । सफोला टेष्टि ६० प्रतिशत प्रशोधित मकैको तेल र २० प्रतिशत राईस ब्रान आयलबाट बनेको हुन्छ ।

सफोल टोटल एक सिनेर्जे्टिक मिश्रण हो जसले मल्टि सिड प्रविधि र लोर्जव प्रविधिको फाइदा प्रदान गर्छ । यो विशेष गरेर खाना पकाउन डिजाइन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्