Logo

स्रोत नखुलेको २० लाख रुपैयाँ र दुई क्वीन्टल काजुसहित अन्सारी पक्राउ

स्रोत नखुलेको २० लाख रुपैयाँ र दुई क्वीन्टल काजुसहित अन्सारी पक्राउ



काठमाडौं। पर्सामा सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँ र दुई क्वीन्टल काजुसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको पोखरीया नगरपालिका–३ बसन्तपुरमा बुधबार दिउँसो सशस्त्र प्रहरीले सीमावर्ती भिस्वाबाट वीरगन्ज आउँदै गरेको नम्बर प्लेट नभएको ट्याक्टर रोकेर चेकजाँच गरेको थियो ।

त्यस क्रममा ट्याक्टरको टेलरमा लुकाएर राखिएको २० लाख रुपैयाँ नगद र राजश्व छलेर भित्र्याइएको दुई क्वीन्टल काजु बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जानकारी दिए । स्रोत नखुलेको रकम र राजश्व छलेर भित्र्याइएको काजुसहित ट्याक्टरका चालक पर्साकै धोबिनी गाँउपालिका–५ घर भएका अलिम मियाँ अन्सारीलाई पनि नियन्त्रणमा लिइएको थपलियाले बताए ।

बरामद काजुको बजार मूल्य करिब २ लाख रुपैयाँ रहेको उनले बताए । नगद रकम, काजु र ट्याक्टरसहित नियन्त्रणमा लिइएका चालक अन्सारीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुधबार नै साँझ बुझाइएको जानकारी थपलियाले दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL