Logo

एसोसिएट उपाध्यक्षमा रामचन्द्र प्यानलबाट ज्योत्सना श्रेष्ठ निर्वाचित, यस्तो छ मत परिणाम

एसोसिएट उपाध्यक्षमा रामचन्द्र प्यानलबाट ज्योत्सना श्रेष्ठ निर्वाचित, यस्तो छ मत परिणाम



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा एसोसिएट उपाध्यक्षको पदमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । उनले उमोशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ प्यानलबाट साझा उम्मेदवारका रुपमा उठेका भरत आचार्यलाई पछि पार्दै जित हात पारेकी हुन् । मतगणना अनुसार ज्योत्सना श्रेष्ठले ८ सय ४६ मत प्राप्त गर्दा भरत आचार्यले ७ सय ८१ मत प्राप्त गरेका छन् ।

यस्तै एसोसिएटतर्फको सदस्यमा १ हजार ६ सय ४९ मत खस्दा १९ जना निर्वाचित भएका छन् । एसोसिएटतर्फको सदस्यमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल, रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, मनोज पौडेल, राजेशकुमार अग्रवाल, सुशील थापा, शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, शक्तिकुमार बेगानी, सन्दिपकुमार अग्रवाल, जुना माथेमा, ऋषि अग्रवाल र हेमन्त गोल्छा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL