Logo

बुधबार पनि कोरोना सङ्क्रमणबाट एकको निधन, थप १२१ सङ्क्रमित

बुधबार पनि कोरोना सङ्क्रमणबाट एकको निधन, थप १२१ सङ्क्रमित



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार १ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज २ जना सङ्क्रमितको निधन भएको हो ।

मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै बुधबार २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र ३ जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म ४ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्