Logo

सुनको मूल्यमा १ हजार रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा १ हजार रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको आज बढेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्