Logo

बैतडी र सिन्धुलीमा भएको दुर्घटनामा १० जनाको मृत्यु, मृत्यु हुनेमा चारजना भारतीय नागरिक

बैतडी र सिन्धुलीमा भएको दुर्घटनामा १० जनाको मृत्यु, मृत्यु हुनेमा चारजना भारतीय नागरिक


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११स्२५ बजे जीप दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्युु

यस्तै सिन्धुलीको कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङ नजिक कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डमा बुधबार बिहान दुर्घटनामा मृत्यु हुने सबै भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।

कारमा पाँचजना सवार थिए । दुर्घटनामा घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL