Logo

कोरोना संक्रमणका कारण १ को मृत्यु, १३ जना आइसियुमा

कोरोना संक्रमणका कारण १ को मृत्यु, १३ जना आइसियुमा



काठमाडौं । कोरोना भाइरस सङ्क्रमित एक जनाको मंगलबार मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ४ सय ३६ जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।

मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ६९ पुगेको छ । काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्