Logo

बैंक सञ्चालकलाई एनवीआईको तालिम, ४० जनाले लिए ‘डाइरेक्टर रिफ्रेसर कोर्स’

बैंक सञ्चालकलाई एनवीआईको तालिम, ४० जनाले लिए ‘डाइरेक्टर रिफ्रेसर कोर्स’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकिङ् इष्टिच्युटले बैंक सञ्चालकहरुलाई तालिम दिएको छ । एनवीआईले वाणिज्य बैंक र विकास बैंकका संञ्चालकहरुलाई ‘डाइरेक्टर रिफ्रेसर कोर्स’ सम्बन्धी तालिम दिएको हो । २ दिनसम्म संचालन भएको उक्त तालिममा वाणिज्य बैंक र विकास बैंकका गरी ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सञ्चालक समितिको भूमिका र दायित्व, संस्थागत सुशासन, जोमिख व्यवस्थापन र बलियो वित्तीय संस्थाको लागि बलियो सञ्चालक समिति विषय प्रस्तुती दिएका थिए । यसैगरी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले पनि सोही विषयमा सञ्चालकहरुलाई प्रस्तुति दिएका एनवीआईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुमा संस्था चलाउन निकै ठूलो भूमिका रहने भइकाले सोही विषयमा केन्द्रित रहेका तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL