Logo

बैंकको ब्याजदर घटाउने उपाय खोज्दैछु : प्रधानमन्त्री प्रचण्ड

बैंकको ब्याजदर घटाउने उपाय खोज्दैछु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने तयारी भएको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजना गरिएको छलफलमा उनले अर्थतन्त्र सुधारकै लागि ब्याजदर घटाउने उपाय खोजिरहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न ब्याजदर घटाउने उपायहरू खोजिरहेको बताए । ‘विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ’ प्रधानमन्त्रीले भने, ‘बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ।’

यस्तै उनले घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न नसकिने भएकलो यसमा पनि खुकुलोपन ल्याउनुपर्ने बताएका छन् । ‘बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन’ प्रधानमन्त्रीले भने, ‘हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।’ छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्