Logo

‘रोअनु’ चक्रवतका कारण देशभर लगातार बर्षा, आगामी एक /दुई दिन मौसम प्रभावित रहने

‘रोअनु’ चक्रवतका कारण देशभर लगातार बर्षा, आगामी एक /दुई दिन मौसम प्रभावित रहने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रोआनु’ नामक चक्रवातका कारण नेपालमा शुक्रबारदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर उक्त चक्रवात पश्चिम बंगालको खाडीबाट उत्तरपूर्व तर्फ जाने क्रममा रहेको र बंगलादेशतिर अगाडि बढ्ने क्रममा नेपालको मौसमसमेत प्रभावित भएको जानकारी दिएको हो ।

चक्रवातको असरकै कारण शुक्रबारदेखि मुलुकका विभिन्न भागमा भारी मात्रामा वर्षा भएको सो बुलेटिनमा उल्लेख छ । चक्रावात बंगलादेशतिर अगाडि बढिरहेको हुँदा नेपालको मौसम आगामी एक दुई दिनसम्म प्रभावित रहने मौसम विभागले जनाएको छ ।

महाशाखाले सोमबारसम्म पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षा हुने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावनको रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL