Logo

ब्याजदर घटाउन प्रधानमन्त्रीको अग्रसरता : बोलाए अर्थमन्त्री, गभर्नर र निजी क्षेत्रसहितको बैठक

ब्याजदर घटाउन प्रधानमन्त्रीको अग्रसरता : बोलाए अर्थमन्त्री, गभर्नर र निजी क्षेत्रसहितको बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले देखिएको उच्च ब्याजदरको समस्यालाई समाधान गर्न सबैं सरोकारवालाहरु सहितको बैंठक बोलाएका छन् । उद्योगी व्यवसायीले उच्च ब्याजदरका कारण उद्योग व्यवसाय संचालमा समस्या भएको भन्दै आन्दोलित भएपछि प्रधानमन्त्री दाहालले आज (सोमबार) उक्त बैंठक बोलाउन लागेको जानकारी दिएका हुन् ।

‘उद्योगी व्यवसायीको समस्या भनेको सरकारको पनि समस्या हो,’ नेपाल चेम्बर अफ कमर्सको ७२ औं साधारणसभालाई सम्बोधन गर्दै भने, ‘उच्च ब्याजदरको समस्या तत्काल समाधान गर्न आजै सरोकारवालाहरु सहितको बैंठक राखेको छु । उक्त बैंठकमा अर्थमन्त्री डा। प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी र निजी क्षेत्रलाई बोलाइएको समेत उनले जानकारी दिए । साथै उक्त बैंठकले ब्यवसायीका समस्या समाधानका लागि तार्किक निकास निकाल्ने समेत उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा उनले देशको अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो संकट नरहेको समेत जानकारी दिए । ‘अहिले अर्थतन्त्रमा केही समस्या छन् तर बाहिर हल्ला गरेजस्तो समस्या छैन,’ उनले भने, ‘हामीसँग पर्याप्त मात्रमा विदेशी मुद्रा छ भने शोधनान्तर स्थितिमा पनि राम्रै सुधार आएको छ तसर्थ बाहिर अरुले हल्ला फैल्याए जस्तो अर्थतन्त्रमा समस्या छैन ।’ अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको भन्दै यसमा हातेमालो गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL