Logo

लघुबीमा निर्देशन जारी, अब जीवनले ५ र निर्जीवनले ५० लाखसम्मको लघुबीमा गर्न सक्ने

लघुबीमा निर्देशन जारी, अब जीवनले ५ र निर्जीवनले ५० लाखसम्मको लघुबीमा गर्न सक्ने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५ लाखदेखि ५० लाखसम्मको लघुबीमा गर्न सकिनेगरी लघुबीमा निर्देशन, २०७९’ जारी गरेको छ । प्राधिकरणले तत्काल लागू हुनेगरी सोमबार उक्त निर्देशन जारी गरेको हो । निर्देशनमा लघु जीवन बीमा व्यवसाय अन्तर्गत कम्पनीले ४ प्रकारको र लघु निर्जीवन बीमा व्यवसायतर्फ ५ प्रकारका बीमा गर्न सक्ने उल्लेख छ ।

जसमध्ये लघु जीवनतर्फ आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा व्यवसाय छन् । यस्तै लघु निर्जीवन बीमातर्फ घर, सम्पत्ति तथा व्यवसाय लघु बीमा, मोटर लघुबीमा, इन्जिनियरिङ लघु बीमा, दायित्व तथा मौद्रिक क्षति लघु बीमा र अन्य लघु निर्जीवन बीमा रहेका छन् ।

यस्तै उक्त निर्देशनमा बीमितले बीमालेख लिनुअघि नै सबै बीमाशुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ । तर, एकपटक बीमा पोलिसी जारी भईसकेपछि बीमकले बीमादर हेरफेर गर्न नपाईने, बीमाशुल्कमा कुनै पनि प्रकारको छुट, सहुलियत वा प्रिमियम कटौति गर्न नपाईने र अभिकर्ता बिनानै प्रत्यक्ष बीमा गर्ने बीमितलाई ५ प्रतिशतका दरले हुन आउने रकम छुट हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL