Logo

ट्रकका लागि छुट्टै पार्किङ स्थल माग,पार्किङस्थल नतोकि जरिवाना बढाइनु अन्यायपूर्ण

ट्रकका लागि छुट्टै पार्किङ स्थल माग,पार्किङस्थल नतोकि जरिवाना बढाइनु अन्यायपूर्ण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ट्रक व्यवसायीहरुले ट्रकका लागि अलग्गै पार्किङ स्थलको व्यवस्था गर्न माग गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधन नियम विपरित गुडाउने तथा जथाभावी रुपमा रोक्नेमाथि ५ सय देखि १५ सय रुपैयाँसम्मका दरले जरिवाना तिराउन सुरु गरेपछि ट्रक व्यवसायीहरुले ट्रकका लागि अलग्गै पार्किङस्थलको माग गरेका हुन् ।
उनीहरुले उपत्यकाभित्र ट्रकका लागि कहिँपनि पार्किङस्थल नतोकिएको अवस्थामा जरिवानाको रकम बढाइनु अन्यायपूर्ण भएको बताए ।

शनिबार ट्रक यातायात व्यवसायी संघ काठमाडौको १४ औं वार्षिक साधारणसभा कार्यक्रममा व्यवसायीहरुले सडकको कमजोर अवस्थाका कारण दुर्घटना हुने गरेको भन्दै सडकको स्तरोन्नति गर्न तथा यातायात व्यवस्था ऐनमा सामयिक सुधार गर्न सरकारसँग आग्रह गरे ।

सो अवसरमा ट्रक व्यवसायीहरुले सरकारले निर्धारण गरे भन्दा कम मूल्यमा सामान ढुवानी गरेकोले समस्या भएको बताएका थिए । उनीहरुले व्यवसायीहरुमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएका कारण व्यवसाय नै संकटमा परेको भन्दै सरकारले निर्धारण गरेको भाडादरभन्दा कममा सामान ढुवानी गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL