काठमाडौं । काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड शनिबारदेखि सुरु भएको छ । नासा बुलेट क्लबको अगुवाइमा शुरु भएको सो राइड लुम्बिनीमा पोखराबाट आएका ‘द इन्फिल्ड ट्रुपर्स’का राइडर समेत पिस राइडसँग जोडिने बताइएको छ ।
काठमाडौंबाट हिडेको बाइक रारासम्म पुग्ने बाइकमा लुम्बिनीदेखि ‘शान्ति झन्डा’ राखिनेछ। बाइकसँगै शान्ति झन्डा पनि रारा र्पुयाइने र द इन्फिल्ड ट्रुपर्सका राइडरहरु पोखरा फर्किने कार्यक्रम छ ।
११ दिनसम्म चल्ने उक्त राइडका लागि सहभागीहरु शनिवार राष्ट्रिय झण्डाका साथमा काठमाडौंबाट प्रस्थान गरिसकेका छन् । बुलेट क्लबले जुम्लाको सिञ्जा र मुगुको गमगढीमा विद्यालय शिक्षा कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री पनि वितरण गर्ने भएको छ ।
त्यहाँका करिब ३ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने आयोजकले जानकारी दिएको छ ।