Logo

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दूर्घटना, पाइलटको उद्धार जारी

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दूर्घटना, पाइलटको उद्धार जारी



काठमाडौं । एभरेस्ट एयरको हेलिकप्टर धौलागिरि बेसक्याम्प नजिकै दुर्घटनामा परेको छ । कार्गाे हेलिकप्टर ९एन–एएनबी (एएस–३५०) हेलिकप्टर पोखरा विमानस्थलबाट धौलागिरी बेसक्याम्पमा गएको बेला ल्याण्ड गर्ने क्रममा दूर्घटनामा परेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

तर, यसको एकिन विवरण भने आईसकेको छैन । हेलिकप्टरलाई क्याप्टेन प्रिया अधिकारीले उडाएकी थिईन । उनि सकुशल रहेको र उनलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट उद्धार गर्ने कार्य भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्