Logo

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा दुई सयले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४४० रुपैयाँ रहेको छ । शुक्रबार तोलामा ५ रुपैयाँ बढेको चाँदीको मूल्य आज स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL