Logo

घट्दो सेयर बजारबाट पनि पैसा कमाउन सकिने उपाय ‘सर्ट सेलिङ’, नेपालमा किन छैन उपलब्ध ?

घट्दो सेयर बजारबाट पनि पैसा कमाउन सकिने उपाय ‘सर्ट सेलिङ’, नेपालमा किन छैन उपलब्ध ?



काठमाडौं । जहिले सेयर बजारमा गिरावट आउँछ, सबै लगानीकर्ता त्रसित हुन्छन् । यसको सबैभन्दा नराम्रो असर ती लगानीकर्तामा पर्छ। जसले भर्खरै सेयर बजारमा लगानी गर्न थालेका हुन्छन् । जब सेयर बजार घट्न थाल्छ, उनीहरु डराउँछन् र घाटामा पनि सेयर बेच्न तयार हुन्छन् । तर, तपाईलाई थाहा नहुन सक्छ कि गिर्दो सेयर बजारमा पनि मनग्य पैसा कमाउन सकिन्छ ? कम्पनीको सेयर जतिसुकै घटेपनि त्यसबाट पनि पैसा कमाउन सकिन्छ । तर, कसरी घट्ने सेयर बजारबाट पैसा कमाउने ? यसलाई ‘सर्ट सेलिङ’ भनिन्छ ।

‘सर्ट सेलिङ’ के हो ?

‘सर्ट सेलिङ’ बुझ्नको लागि, तपाईंले पहिले बुझ्नुपर्छ कि मानिसहरूले सेयर बजारबाट कसरी पैसा कमाउँछन् । सेयर बजारमा अधिकांश मानिसले कुनै न कुनै कम्पनीको सेयर किन्छन् र मूल्य बढेपछि बेचेर नाफा कमाउँछन् । त्यसैगरी, पहिले सेयर बेचेर मूल्य घटेपछि किन्ने हो भने पनि ठूलो नाफा कमाउन सकिन्छ । अब प्रश्न यो छ कि स्टकलाई पहिले खरिद नगरी कसरी बेच्ने ? पहिले किनेर सेयर कसरी बेच्ने ? जसलाई सर्ट सेलिंगको बारेमा थाहा छैन, उनीहरु सोच्छन कि सेयर नकिनीकन कसरी बेच्न सकिन्छ ?

वास्तवमा, यो विशेष सुविधा सेयर बजारा कारोबारमा उपलब्ध हुन्छ । यहाँ तपाईले पहिले सेयर बेच्न र पछि किन्न सक्नुहुन्छ । यो सम्भव छ किनकि तपाईको खाता भएको ब्रोकरसँग धेरै सेयरहरू हुन्छन् । यस्तो अवस्थामा तपाईले चाहनुहुन्छ भने पहिले कुनै पनि सेयर किन्नुको सट्टा बेच्न सक्नुहुन्छ अर्थात् ‘सेल कल’ दिन सक्नुहुन्छ ।

‘सर्ट सेलिङ’ बुझ्न यो उदाहरण उपयुक्त हुन सक्छ–मानौं तपाईले ‘एबीसी’ कम्पनीको सेयर आजको मितिमा रु १०० मा सेल कल दिनुभयो । त्यसलाई बजार बढदा विक्रि गर्नुभयो र केही दिनपछि कम्पनीको स्टक ८० रुपैयाँमा झर्दा तपाईले फेरि खरीद गरेर ब्रोकरलाई सेयर फिर्ता गर्नुभयो । अब रु २० को मध्य मार्जिन तपाईको नाफा हो । यद्यपि, तपाईंले यो सबै पैसा पाउनु हुँदैन । यसमा तपाईले कर र शुल्कको रूपमा केही प्रतिशत रकम तिर्नुपर्नेछ, बाँकी पैसा सीधै तपाईको बैंक खातामा पुग्नेछ ।

दिग्गज लगानीकर्ताले पनि गर्छन सर्ट सेलिङ

भारतका चर्चित लगानीकर्ता स्व.राकेश झुनझुनवाला होस् वा राधाकृष्ण दमानी सबैले एक न एक समयमा ‘सर्ट सेलिङ’ गरेका छन् । सेयर बजारका यी दिग्गजहरूले बजार घट्छ भन्ने पक्का भएपछि ‘सर्ट सेलिङ’ गर्ने गर्थे र गर्छन् । सन् १९९० को दशकमा हर्षद मेहताले बजार सञ्चालन गर्दा एसीसीको सेयरले आकाश छायो । अर्कोतर्फ, त्यो सेयर घटेपछि अनुभवी लगानीकर्ता राधाकृष्ण दमानीले त्यसबाट मनग्य आम्दानी गरे । त्यस समयमा झुनझुनवालाले ‘सर्ट सेलिङ’बाट पनि धेरै कमाए । हर्षद मेहताले एसीसीको सेयर २०० रुपैयाँबाट ९००० रुपैयाँसम्म पुर्याएका थिए ।

नेपालमा किन छैन उपलब्ध ?

नेपालको सेयर बजार एकतर्फी बजार अर्थात वान वे मार्केटको रुपमा रहेको छ । यस्तो बजारमा लगानीकर्ताहरुले सर्ट सेलिङ गर्न पाउँदैनन् । दुईतर्फी बजारमा भने बजार अझै तल झर्छ भन्ने अनुमान लगाएर लगानीकर्ताहरुले सर्ट सेलिङ गर्छन् । नेपालमा सर्ट सेलिङको व्यवस्था नभए पनि विभिन्न देशमा भने लामै समयदेखि यसको अभ्यास र प्रचलन रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्