Logo

आउने भयो कमोडिटी नियमन गर्ने ऐन, बोर्डले मस्यौदा अर्थमा पठायो

आउने भयो कमोडिटी नियमन गर्ने ऐन, बोर्डले मस्यौदा अर्थमा पठायो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

अन्ततः कमोडिटी बजारलाई नियमन गर्ने ऐन जारी हुने करीब पक्का भएको छ । यससम्बन्धि विधेयकको मस्यौदा तयार गरेर अर्थ मन्त्रालय पठाइएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । अब अर्थले यसबारे अध्ययन गरेर कानून, वाणिज्य, कृषि लगायत सम्बन्धित मन्त्रालयको राय लिएपछि मस्यौदालाई मन्त्रीपरिषद पठाउने छ । त्यसपछि मस्यौदा व्यवस्थापिका संसदमा प्रस्तुत हुने संभावना छ ।

केही दलालहरुले कमोडिटी कारोबारको नाममा व्यापक रुपमा सर्वसाधारणलाई ठगेपछि दुई वर्षअघि सरकारले यस्तो बजार नियमन गर्न कानून बनाउने प्रयास थालेको थियो । त्यतिबेलै नेपाल धितोपत्र बोर्डले गठन गरेको एउटा विज्ञ समूहले कमोडिटी बजार सम्बन्धि अध्ययन गरेर प्रतिबेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा नयाँ ऐनको मस्यौदा तयार पारेको बोर्डले जनाएको छ ।

पनयाँ विधेयकमा अध्ययन समितिको प्रतिवेदनभन्दा केही फरक विषय पनि परेका छन् । गोदाम घरसम्बन्धि परिभाषालाई खुकुलो बनाइएको र विदेशी मुद्रामा हुने कारोबारलाई सम्बन्धित निकायको अनुमसित लिन बाध्य पारिएको जस्ता नयाँ विषय छन् । करका दायरा र कारोबारमा सीमा लगाउने कुरा पनि नयाँ विधेयकमा परेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL