Logo

घट्यो सुनको मूल्य, प्रतितोला १ लाख १० हजारमा कारोबार हुँदै

घट्यो सुनको मूल्य, प्रतितोला १ लाख १० हजारमा कारोबार हुँदै



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने हिजोको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्