Logo

सरकारका प्राथमिकता र न्युनतम् साझा कार्यक्रम सार्वजनिक, यस्ता छन् मुख्य प्राथमिकता (पूणपाठसहित)

सरकारका प्राथमिकता र न्युनतम् साझा कार्यक्रम सार्वजनिक, यस्ता छन् मुख्य प्राथमिकता (पूणपाठसहित)



काठमाडौं । सरकारले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले एक कार्यक्रमका बीच सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

साझा कार्यक्रममा अर्थतन्त्रमा देखापरेको समस्या, औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, लगानी जोखिमलगायतलाई निर्मुल पारी अर्थतन्त्र सहज बनाउने उल्लेख छ ।

यस्तै संसदमा विचाराधिन सम्पति शुद्धिकरण निवारण ऐन चालु अधिवेशनबाटै पारित गर्ने तथा राष्ट्रिय महत्त्वका पूर्वाधार आयोजना कार्यान्वयन ऐन, सार्वजनिक खरिद ऐन आदि तीन महिनाभित्र संसदमा प्रस्तुत गरी पारित गर्नेलगायतका बुँदाहरु पनि साझा कार्यक्रममा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्