काठमाडौं । नेपाली बजारमा बुधबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य बिहीबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख १० हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय ३५ रूपैयाँ कायम भएको छ ।